मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले पालिका अधिवेशन : रूपन्देहीमा नेतृत्व सर्वसम्मत बनाउने प्रयास

Siddartha premir insuranceSiddartha premir insurance

एमाले पालिका अधिवेशन : रूपन्देहीमा नेतृत्व सर्वसम्मत बनाउने प्रयास

नेकपा एमाले रूपन्देहीमा पालिकाहरूको अधिवेशन शुरू भएको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

बुटवल– नेकपा एमाले रूपन्देहीमा पालिकाहरूको अधिवेशन शुरू भएको छ।  पार्टी उपमहासचिवद्वय विष्णु पौडेल तथा घनश्याम भुसालको गृह जिल्ला रुपन्देहीमा १६ वटा स्थानीय तह छन्। अधिवेशनमा आकांक्षीहरू धेरै भएपछि नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।  

triton college

उपमहासचिव विष्णु पौडेलले तिलोत्तमा नगरपालिकाको एमाले नगर अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै सकेसम्म सर्वसम्मतिकै बाटो अपनाउन सुझाव दिएका छन्। उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिको विकल्प नै उत्तम भएको उल्लेख गरे।

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले सहमतिमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। एक उपमहानगरपालिका, पाँच नगरपालिकासहित १६ स्थानीय तह भएको रुपन्देहीमा आकांक्षीहरू धेरै भएपछि आन्तरिक रुपमा पार्टी नेतृत्वले नै उनीहरुलाई छलफलमा राखेर मिलाउन प्रयास भइरहेको एक प्रतिनिधिले बताए।

नगर अध्यक्षका लागि बुटवल उपमहानगरपालिकामा ६ जना आकांक्षी छन्। वर्तमान नगर अध्यक्ष बाबुराम पन्थीले फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन्। यस्तै पूर्व नगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्षसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगर सचिव किसन ज्ञवाली, नगर सदस्य केशव पन्थी र राजेन्द्र ढकाल पनि आकांक्षी छन्।

तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका लागि मिनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री बिश्वकर्मा, तामनाथ पाण्डेले लबिङ गरेका छन्। हालका नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने सोही पदमा दोहोरिने इच्छा देखाएका छैनन्। उनी जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख समेत हुन्। सिद्धार्थनगर नगर कमिटीको अध्यक्षका लागि ध्रुव अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले दावी प्रस्तुत गरेका छन्।

Metro Mart
vianet

देवदह नगरपालिकामा नगर कमिटी अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन्। हालका अध्यक्ष प्रकाश अर्यालले फेरि दोहोरिन खोजेका छन् भने टीकाराम चापागाईले पनि दावी प्रस्तुत गरेका छन्। सैनामैना नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दावी पेश गर्ने मनस्थिति बनाएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर अध्यक्षमा वर्तमान अध्यक्ष रामचन्द्र यादवले नदोहोरिने सोच बनाएका छन् भने प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव, विनोद कहार अध्यक्ष पदका दावेदार छन्।

कन्चन गाउँपालिकामा वर्तमान अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको छ। गैडहवा गाउँ कमिटी अध्यक्षमा विद्यार्थी नेता सन्दीप गुप्तासँगै भुवन राना, नगेन्द्रप्रताप कुर्मीले दाबी गरेका छन्।

प्रकाशित: Oct 26, 2021| 13:40 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।