काठमाडौं– पूर्वाञ्चल विश्विविद्यालय सेवा आयोगले चिकित्साशास्त्र संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पस, कलेज, संस्थामा कार्यरत शिक्षकहरुको लागि पद प्रमाणीकरण प्रतियोगिताद्वारा पद प्रमाणीकरण गर्ने भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न क्याम्पस, कलेज, संस्थामा कार्यरत पूर्णकालीन शिक्षकहरुले कात्तिक २३ गतेभित्र न्यूनतम शैक्षिक योग्यता भएका उम्मेद्वारहरुले चिकित्सा शास्त्र संकायको वेवसाइटबाट फारम डाउनलोड गरेर सेवा आयोगको कार्यलयमा बुझाउन सुचित गरेको हो ।
आयोगले सहप्राध्यापकका लागि नर्सिङ तर्फ ८२, फार्मेसीमा १६, जनस्वास्थ्य तर्फ ४० जनाका लागि प्रमाणिकरण गर्ने सिट निर्धारण गरेको छ। यस्तै उपप्राध्यापकका लागि नर्सिङ तर्फ ३१०, फामेर्सिमा ४८ र जनस्वास्थ्य तर्फ ११४ जनाको सिट निर्धारण गरेको हो ।
आयोगले सहप्राध्यापकका लागि १६ हजार र उपप्राध्यापकका लागि ११ हजार आवेदन दस्तुरसहित परीक्षा शुल्क निर्धारण गरेको छ।