मंगलबार, असार ३०, २०८३

दुई 'लालबाबु' बीच जनकपुरमा जुहारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुधाम- दुईजना लालबाबुबीच प्रशासनिक कामकारबाहीको विषयमा जुहारी चलेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच प्रशासनिक कर्मचारीको सरुवाको विषयमा जुहारी चलेको हो।

अवसर थियो जनकपुरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश २ सरकारले संयुक्त रुपमा आयोजना गरेको ‘समृद्धिको सपनाः सम्पन्न प्रदेश २ को चाहना’विषयक दुई दिने गोष्ठीको ।

मुख्यमन्त्री राउतले अध्यक्षता ग्रहण गरिरहेको कार्यक्रममा पहिले बोल्ने अवसर पाए मन्त्री पण्डितले। संघीयतामा मुलुक गइसकेपछि सबैले आत्मसात गर्न सकेको छ कि छैन भन्दै पण्डितले प्रश्न तेर्स्याए। पण्डितले भने,‘हामी संघीयतामा गइसकेका छौँ, सबैले आत्मसात गर्नुपर्दछ। तर, कर्मचारीतन्त्र र जनप्रतिनिधिबीच यसको खाँचो देखिएको छ।’जनप्रतिनिधि र कर्मचारीहरु मिलेर काम गर्न नसकेको अवस्था अलिे ठुलो समस्याको रुपमा आएको उनको ठम्याई छ ।

‘पालिकाको परिषद हुनु भन्दा एकदिन पूर्व कार्यकारी अधिकृत नाइट बस समातेर काठमाडौं हिँडे, समन्वय र सहकार्यको अभाव देखिएको छ,’ रौतहट जिल्लाको एक पालिकाको उदाहरण प्रस्तुत गर्दै पण्डितले भने,‘त्यस्ता कर्मचारीलाई त म कम्पाउण्डमा समेत छिर्न दिन्न‍, कुरा गर्न परै जाओस ।’

जनप्रतिनिधिप्रति पनि पण्डितको गुनासो छ। पालिकाका एकजना प्रमुखले उनलाई फोन गरी कार्यकारी अधिकृतमा अहेबलाई पठाए काम गर्न दिने नभए प्रवेश निषेध गर्ने चेतावनी दिएको प्रसंग कोट्याउँदै पण्डितले भने,‘यसरी कसरी हुन्छ विकास र समृद्धि ?’

प्रदेशदेखि स्थानीय तहसम्म  कर्मचारी अभाव रहेको स्वीकारर्दै मन्त्री पण्डितले आगामी साउनदेखि प्रदेश २ मा २ हजार ३ सय ४३ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाए। कर्मचारीको कामकारबाहीको सम्बन्धमा कुनै समस्या भए आफू मुख्यमन्त्रीसँग छलफल गर्न तयार रहेको पण्डितले बताए।

मन्त्री पण्डितपछि बाल्ने पालो थियो प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको। राउतले संघीय सरकारले वितरण गरेको स्रोतसाधन न्यायोजित नरहेको आरोप लगाए। मन्त्री पण्डिततर्फ इंगित गर्दै राउतले भने,‘मन्त्रीज्यू तँपाईहरुले वितरण गर्नुभएको स्रोतसधान न्यायोचित छैन, प्रदेशमा उठेको राजस्वको ९० प्रतिशत संघीय सरकारले लिएपछि कसरी हुन्छ प्रदेशको समृद्धि?’

संघीय सरकारले प्रदेश सरकारलाई प्राधिकरण बनाउन खोजेको उनको आरोप थियो। रातारात सचिवहरुको सरुवा गरेर संघीय सरकारले प्रदेश सरकारलाई प्राधिकरण बनाउन खोजेको उनको भनाई थियो। करिब एक साता अघी सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारलाई जानकारी नै नदिई प्रदेशस्थित विभिन्न मन्त्रालयहरुको सरुवा गरेको प्रसंग उल्लेख गर्दै राउतले भने,‘सचिवहरुको सरुवा गरिन्छ, तर प्रदेश सरकारलाई जानकारी दिइँदैन । मन्त्रीज्यू कृपया यसो नगरिदिनुस । सरुवापूर्व कमसेकम हामीलाई सोध्दा भइहाल्छ नि । यस विषयमा म तँपाईसँग खुलेर छलफल गर्न तयार छु ।’

प्रदेश २ लाई १ नम्बर बनाउने आफ्नो चाहना रहेको बताउँदै राउतले प्रदेश २ समृद्ध नभए मुलुक पनि समृद्ध हुन नसक्ने उल्लेख गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।