सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • नेकपा एकिकृत समाजवादीले लुम्बिनीमा कात्तिक मसान्तत्रि जनवर्गीय संगठन गठन गर्ने

नेकपा एकिकृत समाजवादीले लुम्बिनीमा कात्तिक मसान्तत्रि जनवर्गीय संगठन गठन गर्ने

नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेशको सोमबार बुटवलमा बसेको सचिवालयको बैठकले संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

बुटवल- नेकपा एकिकृत समाजवादीले लुम्बिनी प्रदेशमा कात्तिक मसान्तभित्र जनवर्गिय संगठन गठन गर्ने निर्णय गरेको छ। नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेशको  सोमबार बुटवलमा बसेको सचिवालयको बैठकले संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको हो।

बैठकले कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण लगत्तै मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ३ गते बर्दियाबाट शुरु हुने प्रशिक्षण कार्यक्रम १६ गते रुपन्देहीमा समापन गरिने समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा मंसिर २५ गते प्रदेशस्तरीय बृहत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ।

समाजवादीका केन्द्रीय सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्‍न कार्यविभाजन समेत गरेको छ। बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्दही इन्चार्ज डा. बालकृष्ण्ण चापागाई प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्य बृहस्पती अधिकारी स्कूल विभाग प्रमुख, नेता अशोक कोईरालाई संगठन विभाग प्रमुख, प्रदेश सचिव राजु गुरुङ आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ।

बैठकले प्रदेश कमिटिलाई १ सय ६१ सदस्यी बनाउने निर्णय गरेको छ। बैठकलाई केन्द्रीय सचिव भागवत विश्वासी, पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी, केन्द्रीय सदस्य रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई लगायतले सम्बोधन गर्दै कम्यूनिष्ट सिद्धान्त अनुसारको पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिएका थिए।

kumari

बैठकमा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता तथा १२ वटै प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता थियो। 

प्रकाशित: Oct 25, 2021| 20:42 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।