शनिबार, चैत ७, २०८२

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र दुई हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ७७६ कोरोना भाइरस संक्रमित थपिएका छन्।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र दुई हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख नौ हजार ७२९ पुगेको छ। योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ भने सात लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन्। जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 25, 2021| 18:05 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्