शनिबार, जेठ २, २०८३

शिक्षामन्त्री पौडेल र युनिस्कोका नेपाल प्रमुख माइकलबीच भेटवार्ता

‘नेपाल प्राकृतिक एवम् साँस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस्।’
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनिस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ। सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो।  

National life

युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए। ‘नेपाल प्राकृतिक एवम् साँस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस्।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका हुन्। मन्त्री पौडेलले युनिस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य क्षेत्र नै आफूहरुको प्राथमिकतामा रहेको बताए। 

‘दुईपक्षीय छलफल गरेर ठोस कार्यक्रम तयार गर्छौं,’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ।’ 

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा युनिस्कोग्राम, संग्रालय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ। 

भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो। 

 

प्रकाशित: Oct 25, 2021| 17:57 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्