शनिबार, चैत ७, २०८२

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ। 

National life

केन्द्रले अधिकांश स्थानीय तहलाई यसअघिदेखि नै विवरण पठाउन ताकेता गरे पनि स्थानीय तहबाट यकिन विवरण प्राप्त नभएकाले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआईएस) अनुसार विवरण अद्यावधिक गर्न विवरण माग गरेको हो। विवरण कात्तिक मसान्तभित्र पठाउनुपर्नेछ।

विद्यालय संख्या (सार्वजनिक र धार्मिक प्रकृति) का आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तयार गरिने भएकाले कुनै विद्यालय छुट भएको भए कात्तिक मसान्तभित्र अनिवार्य रुपमा विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउन सूचित गरिएको छ। विवरण नपठाउने विद्यालयले प्राप्त गर्ने अनुदान र सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले प्राप्त गर्ने सेवासुविधाबाट वञ्चित हुने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

कक्षा ८ लगायत अन्य कक्षाको नतिजा व्यवस्थापन गर्न सम्पूर्ण (सार्वजनिक र संस्थागत) विद्यालयहरुलाई आईईएमआईएस अद्यावधिक गर्न लगाउन र आईईएमआइएस अद्यावधिक नगर्ने विद्यालयहरुको विद्यार्थी विवरण आईईएमआईएस प्रणालीमा नहुने हुनाले विद्यार्थीको नतिजा प्रमाणीकरण नहुने र स्थानीय तहबाट प्राप्त जानकारीका आधारमा उक्त विद्यालयको अभिलेख आईईएमआईएस प्रणालीबाट हटाइनुका साथै कक्षा ८ को अन्तिम परीक्षा यस प्रणालीबाट गर्न नसकिने केन्द्रले जनाएको छ।

यसका साथै केन्द्रले स्थानीय तहबाट यकिन भई पठाएको संख्यालाई नै योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा समावेश गरिने जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 25, 2021| 11:36 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्