शनिबार, चैत ७, २०८२

शीतगंगामा फैलियो झाडापखलाको प्रकोप

अर्घाखाँचीको शीतगंगा नगरपालिका-११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

अर्घाखाँची- अर्घाखाँचीको शीतगंगा नगरपालिका-११  खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन्।  खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि  शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो।

National life

हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिए। 

प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन्। दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ। 

समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिए। केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताए।  -न्युज कारखाना 

प्रकाशित: Oct 25, 2021| 10:29 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्