काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक समूहलाई बालाजुबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेता कार्यकर्ता गरी ४१ जना रहेका छन् । उनीहरुलाई बालाजुस्थित प्रहरी कार्यलयमा राखिएको छ।
पार्टी प्रवेश कार्यक्रम चलिरहेका बेला प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।
बैद्यको आपति
प्रहरीले विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्र्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आपति जनाएका छन्। उनले आईतबार एक बिज्ञप्ति प्रकाशित गरी यस्तो आपति जनाएका हुन।
उनले शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला नेकपासित सम्बद्ध असारे काका
पदम राई, . भरत बमलगायतका करिब ४ दर्जन जति नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको भन्दै उनले त्यसको निन्दा गरेका छन्
। ‘शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो । आफूलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको निन्दनीय गतिविधिको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं’ बैद्यले भनेका छन् । उनले गिरफ्तार नेता तथा कायकर्ता अविलम्ब रिहाई गर्न माग गरेका छन्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४