बिहीबार, भदौ ४, २०८३

बिना दर्ता औषधि पसलको कुशेमा हालिमुहाली

कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

जजारकोट- कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन्।  पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन्। 

चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ। तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए। 

जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ। नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन्। 

सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औषधि पसलको संख्या बढी छ।  स्वास्थ्य चौकीको संख्या पाँच  र आधारभूत स्वास्थ्य सेवा केन्द्रको  संख्या चार मात्र छ। भएका स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिन्छ। करारका अधिकांश स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य संस्था धानेको देखिन्छ। 

साथै कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन। स्वास्थ्य सेवा कार्यालय, पालिकामा खबर गर्नकै लागि हिँडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था छ। २४ हजार १७१ जना जनसंख्या रहेको कुशेमा प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शून्य छ। 

सबै पालिकामा संघीय सरकारले १०/१५ शैय्याको अस्पताल बनाउनका लागि पहल भए पनि कुशेमा भने सो हुने सकेको छैन। सबै भन्दा बढी हवाइ सेवा लिने बिरामीहरूमध्ये कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। 

जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउँद मात्र सञ्चालन हुने गर्दछ। वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ।  -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 08:25 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।