मंगलबार, असार ३०, २०८३

प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी ओलीको जनकपुर जाने कार्यक्रम अचानक रद्द भएको छ । आइतबार  बिहान प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम थियो । 

मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द भएको हो । प्रदेश नं २ मुख्यमन्त्री कार्यलयका सचिव हरि फुयालका अनुसार आइतबार बिहानैदेखि पानी परेकाले हेलिकोप्टर उड्न सकेन । र, प्रधानमन्त्री जनकपुर पाएनन् ।

संघीय मामिला मन्त्रालय र प्रदेश २ सरकारले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ विषयक दुई दिवसीय गोष्ठीको उदघाट्न गर्न प्रधानमन्त्री ओली जनकपुर अाउने कार्यक्रम थियो । 

गोष्ठीको प्रमुख वक्ताका रूपमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबारै जनकपुर अाइसकेका छन् । कार्यक्रममा सहभागी हुन राजपा संयोजक महन्थ ठाकुर शनिबार जनकपुर अाएका थिए । 

गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् भने समापन समारोहको अध्यक्षता प्रदेश २ का सभामुख सरोजकुमार यादवले गर्ने कार्यक्रम छ ।

दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश २ का सम्पूर्ण स्थानीय तहका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका अध्यक्ष, गैरसरकारी संस्थाका अध्यक्षसहित करिब चार सय ५० जनालाई आमन्त्रण गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।