काठमाडौं- अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ। अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो।