काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चरम लापरवाहीका कारण नेपाली यात्रु थाइल्यान्डमा अलपत्र परेका छन् ।
नापी कार्यालय बुटवलका कर्मचारीसहित १० जनाको भ्रमण टोली गत शुक्रबार साढे ११ बजे काठमाडौंबाट थाइल्यान्डका लागि उडेको थियो । रूपन्देही बुटबलका ज्ञानेश्वर पन्तको ब्याग गायब भएको छ ।
उनीहरू थाइल्यान्ड, सिंगापुर, कम्बोडिया र मलेसिया घुम्न निस्केका हुन् ।
झोला हराएको दोष थाइल्यान्ड र काठमाडौंस्थित निगमका कार्यालयहरूले एकअर्कालाई दिएर उम्किन खाजेको पीडित पन्तले नेपाल समयलाई बताए ।
निगमको उडान नम्बर आरए-४१० बाट ब्याग गायब भएको हो । निगमको आइतबार ६०औं वार्षिकोत्सव परेको छ । सोही कारण काउन्टरबाहेक कुनै शाखाका कर्मचारी भेट्न मुस्किल छ । यात्रु भने बैंककमा अलपत्र परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४