शनिबार, चैत ७, २०८२

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित

सरकारीमा पालो पाइँदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

चितवन- जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गौलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन्। मिर्गौलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आइतबार आयोजना गरेको मिर्गौला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन्।

National life

अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गौलापीडितले मृत्युवरण गर्नुपर्ने उनीहरुको गुनासो थियो। समाजका सचिव जीवनाथ पराजुलीले निजी अस्पतालमा मिर्गौलाको उपचार महँगो हुने र सरकारी अस्पतालमा पालो कुर्नुपर्ने बाध्यताका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने समय आएको बताए।

उनले गुनासो गरे, 'सरकारीमा पालो पाइँदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन्।' साउनयता निजी अस्पतालले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उनले बताए। भरतपुर अस्पतालमा उपचार गराइरहेका बिरामीको निःशुल्क डायलासिस हुने भए पनि निजी अस्पतालमा यो सेवा एक पटकमा रु १० हजारसम्म खर्च हुने भएकाले महँगो भएको उनको गुनासो थियो। 

नवलपुरका टीकाराम भट्टराई विगत नौ वर्षदेखि छोरीको मिर्गौलाको डाइलासिस गर्दै आएका छन्। भरतपुर अस्पतालमा पालो नपाएपछि उनी निजी अस्पतालमा उपचार गराइरहेका छन्। निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम सुरु गर्नुपर्ने उनले बताए। बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम बन्दै गएकाले सेवा विस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उनको गुनासो थियो।

बिरामीले यहाँ उपचार नपाएर काठमाडौंसम्म जानुपर्ने बाध्यता रहेको बिरामीका आफन्तले गुनासो गरेका छन्। उपचारको समयमा रगतको अभाव हुनु, समयमा पालो नपाउनु जस्ता कारणले बिरामीले दुःख पाउने गरेको उनीहरुको भनाइ थियो। कार्यक्रममा अस्पतालका मिर्गौला रोग विषेशज्ञ डा. सन्तोष गुरुङ्ले मानवजीवनमा खानपानमा ध्यान नदिँदा, उच्च रक्तचाप, मधुमेह र स्वास्थ्यमाथि हेलचक्र्याई गर्दा मुटुमा समस्या आउने गरेको बताए।

Laxmi sunrise bank
kumari

एउटा मिर्गौलाले काम नगर्दा नै बिरामी हतोत्साहित हुने गरेको जनाउँदै उनले आत्तिहाल्नुपर्ने नरहेको बताए। उनले भने, 'मानव शरीरमा भएका दुई मिर्गौलामध्ये एउटाले काम गर्न नसक्दा आत्तिनुपर्ने हुँदैन।' बिरामीको चाप बढेसँगै सेवा दिन केही असहज हुने उनको भनाइ थियो।

 भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलले अस्पतालमा अहिले ११२ बिरामीको उपचार भइरहेको र ३० जना प्रतिक्षामा रहेको बताए। कतिपय बिरामीका आफन्तले उपचार गर्न नसक्ने भन्दै घर लैजाने गरेको उनले स्मरण गरे।

यस अस्पतालमा विसं २०७४ बाट यो सेवा सुरु भएको भएपछि २०७६ सालबाट मात्रै विषेशज्ञ सेवा दिनसकेको उल्लेख गर्दै उनले सेवा विस्तार गर्दै अस्पतालको सि भवनमा २० श्ययाका डाइलासिस वार्ड बनाउने तयारी रहेको जानकारी दिए।

अस्पतालमा १२ डाइलासिस मेसिन भए पनि अहिले आठ वटा मेसिनले मात्रै काम गरेकाले निकट भविष्यमा नै दुई मेसिन थप गर्ने तयारीमा अस्पताल रहेको उनले जानकारी दिए। प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डाइलासिसका बिरामीको उपचार तालिका जानकारी नहुनु र उपचारका क्रममा क–कसलाई कुन समयमा रगतको आवश्यक पर्ने हो भन्ने अग्रिम जानकारी नहुँदा रगतको समस्या आएको बताए।

डाइलासिसका बिरामीलाई अहिले समस्या ठूलो समस्या नपरेको भए पनि जिल्लामा रगतको अभावका कारण यस्तो हुने उनको भनाइ थियो। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले सरकारले नीतिगत रुपमा यस अस्पताललाई प्रत्यारोपणको जिम्मेवारी दिएको भए पनि काम हुन नसकेको जानकारी दिए।

मिर्गौला प्रत्यारोपणको काम हुन नसक्दा बिरामीले दुःख पाउने गरेकाले अब यसलाई रोक्न सबै सचेत हुनुपर्ने उनले बताए। अस्पतालमा सम्भव भए सम्मका बिरामीलाई उपचार दिँदै आएको उनको भनाइ छ।- रासस


प्रकाशित: Oct 24, 2021| 21:00 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्