बिहीबार, भदौ ४, २०८३

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु

मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ। मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि उनी बेस क्याम्प पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ। प्रहरी निरीक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु बेस क्याम्प भन्दा केहीमाथि शनिबार दिउँसो मृत्यु भएको हो। 

गत असोज २५ गते तीन विदेशी पर्यटक सहित १० जनाको टोली ताप्लेजुङ हुँदै  मकालु आधार शिविर गएको थियो। 

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार 

मकालु बेस क्याम्पमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ। आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। 

मकालु बेस क्याम्पमा हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौं पुगेका नीरज कार्कीले बताए। कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन मकालु बेस क्याम्पमै रहेका छन्। -न्युज कारखाना


प्रकाशित: Oct 24, 2021| 20:01 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।