सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

जनकपुरधाम– महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्। 

health

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको पुनः मतगणना स्वतन्त्र उम्मेदवारको रुपमा रहेका रमेश कुमार राय विजयी भएका हुन्। मतगणनामा धाँधली गरेर निर्वाचनमा पराजित गराएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राय २ मतको झिनो मतान्तरले ४ वर्षदेखि वडाध्यक्षको हैसियतमा रहँदै आएका अरुणकुमार चौधरीलाई पराजित गरेका छन्। 

रायले २ सय ६८ मत ल्याए भने चौधरी भने २ सय ६६ मत मात्रै ल्याउन सके। २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो। तर राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याए। दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भएका थिए।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका रमेश कुमार रायले अदालतमा मुद्दा दिएका थिए। सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो। तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्च अदालतसम्म पुगे।

सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो। त्यसपछि आज भएको मतगणनामा ४ वर्षदेखि वडाध्यक्षको हैसियतमा रहँदै आएका चौधरी २ मतको मतान्तरले पराजित भएका हुन्। 

प्रकाशित: Oct 24, 2021| 17:30 आइतबार, कात्तिक ७, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।