शनिबार, जेठ २, २०८३

अमेरिकाबाट एकलाख डोज फाइजर खोप आउँदै

संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

National life

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।

'सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ,' काठमाडौंस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ। यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।



प्रकाशित: Oct 24, 2021| 17:13 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्