आइतबार, चैत १९, २०७९

मोक्तान थेवाको मातृभाषाको कांकलिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- कवि मोक्तान थेवाको तामाङ भाषाको कविता संग्रह 'कांकलिङ' १६ गते शनिवार नेपाल तामाङ घेदुङको सभाहलमा चुच्चेपाटीमा सार्वजनिक भएको छ ।
 
उन्मुक्त पुस्ता अभियानका सशक्त कवि थेवाको मातृभाषाको पहिलो कविता कृति हो । भाषाविद् अमृत योञ्जन, पत्रकार फूलमान, राजु स्याङतान र कवि विना थिङ र कवि थेवाले एकसाथ विमोचन गरेका थिए । 

प्रमुख अतिथिसमेत रहेका योञ्जनले विमोचनको क्रममा मातृभाषामा साहित्य लेख्न आग्रह गरेका थिए । 

तामाङ शब्दहरूको प्रयोग गुर्न पर्ने बताएका थिए फुलमान बलले । पुस्तकका विषयमा बोल्दै कवि राजु स्याङतानले कवितामा केही कमजोरी रहेपनि समग्रमा थेवाको कविताहरू सशक्त रहेको बताए ।

कांकलिङमा कविता संग्रहमा ३८ ओटा कविता रहेको छ । प्रकाशन समेत रहेको तामाङ डाजाङ नामक संस्थाले आयोजना गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।