मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोरीले बाँधेर अड्काइयो ग्राण्डीको छतमा पल्टेको हेलिकोप्टर

डोरीले बाँधेर अड्काइयो ग्राण्डीको छतमा पल्टेको हेलिकोप्टर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ग्राण्डी इन्टरनेसनल हस्पिटलमा दुर्घटनाग्रस्त रहेको सिम्रिक एयरको हेलिकोप्टरबारे छानबिन गर्न प्राविधिकसहितको अध्ययन टोली गठन गरिएको छ । 

शनिबार बिरामी लिन चितवन जाने तयारीमा रहेको अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । 

अध्ययन टोलीले दुर्घटनाको कारण पत्ता लगाई अस्पतालको छतबाट हेलिकोप्टर निकाल्नका लागि काम गर्ने सिम्रिक एयरका महाप्रवन्धक प्रेम थापाले नेपाल समयलाई जानकारी दिए । थापाले भने, ‘हेलिकोप्टरको दुर्घटनाबारे कारण पत्ता लगाउन प्राविधिकसहितको टोली गठन भएको छ । अहिले हेलिकोप्टर डोरीले बाँधेको अवस्थामा अस्पतालको छतमा राखिएको छ ।’ उनले अध्ययन समितिको प्रतिवेदनका आधारमा अरु काम अघि बढाउने बताए । 
 
दोलखाबाट बिरामी लिएर आएको हेलिकोप्टरले ग्राण्डी अस्पतालमा आएर बिरामीको असफल अवतरण गरी त्रिभुवन विमानस्थल फर्किएको थियो । इन्धन भरेर पुनः चितवनमा बिरामी लिन जानेक्रममा चिकित्सकलाई लिन अस्पताल पुगेको हेलिकोप्टर दुर्घटनामा परेको थियो । 

हेलिकोप्टरका चालक हरेराम थापा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट सकुशल बाहिर निस्किएका थिए ।
 
दुर्घटनामा परेको हेलिकोप्टरको पंखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । अन्य भागको अवस्था अध्ययन टोलीले पत्ता लगाउने महाप्रवन्कधक थापाले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।