आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारी पुरानै लयमा, असोजमा ४० हजारले लिए श्रमस्वीकृति

वैदेशिक रोजगारी पुरानै लयमा, असोजमा ४० हजारले लिए श्रमस्वीकृति

‘दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। यही रफ्तारमा बढे पहिले भन्दा बढी चलायमान हुन देखिन्छ।’
 |  आइतबार, कात्तिक ७, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– कोरोना संक्रमणदर ओरालो लागेसँगै  वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। करिब दुई वर्ष शिथिल वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको हो। 

National life

पछिल्लो एक महिनायता वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रमस्वीकृति गराउनेको भीड बढेको छ। असोजमा ४० हजार हाराहारीमा वैदेशिक रोजगारीमा जान युवाले श्रमस्वीकृति लिएको कार्यालयले जनाएको छ। जुन करिब कोरोना संक्रमण सुरु हुनुअघिको दर हो। 

चालू आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको थियो। तर असोजमा साउन र भदौमा लिएको श्रमस्वीकृति संख्याभन्दा नाघेको छ। असोज अन्तिम सातासम्म वैदेशिक रोजगारीमा ३६ हजार पुरुष र ४ हजार महिलाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका सहायक सूचना अधिकारी प्रतीककुमार ढकालले जानकारी दिए।

श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन्। उनी भन्छन्, ‘दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। यही रफ्तारमा बढे पहिले भन्दा बढी चलायमान हुन देखिन्छ।’ 
कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए। गत वर्षको असोजमा भने आठ हजार ९७ जनाले श्रम स्वीकृति लिएका थिए। 
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकतर्फ जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लामबद्ध युवा। तस्बिर : नेपाल समय

हाल दैनिक दुई जहारभन्दा धेरैले श्रम स्वीकृति लिन थालेका छन्। शुक्रबार दुई हजार ५९ जनाले श्रम स्वीकृति लिएको ढकालले बताए। 

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जान थालेका छन्। 

Shivam cement

श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन्। उनी भन्छन्, ‘दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। यही रफ्तारमा बढे पहिले भन्दा बढी चलायमान हुन देखिन्छ।’ 

अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३०५ मा सीमित भएको छ।


प्रकाशित: Oct 24, 2021| 15:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्