सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै

निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै

महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज पुनः मतगणना हुँदैछ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

जनकपुरधाम– महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज पुनः मतगणना हुँदैछ।

health

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात सदर गरेपछि मतगणना भइरहेको हो। 

अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो। २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरिएको थियो। राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए। दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भएका थिए।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए। सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशपछि चौधरी सर्वोच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन। अन्ततः दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।

मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए। 

प्रकाशित: Oct 24, 2021| 14:46 आइतबार, कात्तिक ७, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।