मंगलबार, असार ३०, २०८३

सीताको स्वास्थ्यमा सुधार : प्रचण्ड आज फर्कँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- श्रीमतिको उपचारका लागि सिंगापुर रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्कने भएका छन् । प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार आएसँगै प्रचण्ड साँझ स्वदेश फर्कने भएका हुन् । 

सीताको स्वास्थ्यमा समस्या आएपछि उनी गत असार चार गते सिंगापुर गएका थिए । प्रचण्डले सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा सीताको उपचार गराएका थिए । 

शुक्रबार चिकित्सकसँग गरिएको कुराकानीका आधारमा सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड स्वदेश फर्कंन लागेको उनको सचिवालयले जनाएको छ । 

वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले आमा सीताको स्वास्थ्यमा सुधार आएको छोरी गंगाले जानकारी दिएकी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।