शनिबार, चैत ७, २०८२

एक लाख डोज फाइजर खोप सोमबार आइपुग्दै

अमेरिकाले नेपाललाई उपलब्ध गराएको फाइजर खोप सोमबार आइपुग्ने भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– अमेरिकाले नेपाललाई उपलब्ध गराएको फाइजर खोप सोमबार आइपुग्ने भएको छ।

National life

कोभिडविरुद्धको १ लाख ६२० डोज उक्त खोप अमेरिकाले कोभ्याक्समार्फत अनुदानमा दिएको हो। यसअघि गत जुलाईमा अमेरिकाले कोभिडविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो। 

अमेरिकाले उपलब्ध गराएको फाइजर खोप कसलाई लगाइने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने खोप राख्नको लागि यसअघि युनिसेफले ४ वटा फ्रिजर उपलब्ध गराएको थियो।

१०० लिटर क्षमताको चार वटा फ्रिजरमा राखेर सोही आधारमा खोप वितरण गरिनेछ। त्यसका लागि अहिले छलफल भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि पनि सम्झौता गरेको छ। फाइजर कम्पनीसँग खोप खरिदका लागि सम्झौता भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2021| 13:15 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्