बिहीबार, भदौ ४, २०८३

चार वर्षमा एकै वडाका १२ जनाले गरे आत्महत्या

रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

खोटाङ- रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए। 

६ कात्तिक (शनिबार) हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ गोठमा झुन्डिएको अवस्थामा भेटिएकी छन्। श्रेष्ठका श्रीमान् एक साताअघि मात्र विदेशबाट घर आइपुगेका थिए। श्रेष्ठ दम्पतीका चार वर्षकी छोरी छन्।

हालसम्म हौंचुरका ११ जना झुन्डिएको र एकजना विष सेवन गरेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए। त्यसमध्ये गाउँमा १० जना, मलेसियामा एकजना र काठमाडौंमा एकजना मृत फेला परेको जनाइएको छ। 

‘एउटै वडामा यति धेरै संख्यामा आत्महत्या भइरहेको घटनाले हामीलाई झस्काइरहेको छ,’ श्रेष्ठले भने, ‘खास कारण त थाहा छैन, तर पारिवारिक समस्या, गरिबी, मायाप्रेममा आएको समस्याले यस्ता घटना भएको हुनसक्ने अनुमान छ। यसको कारण खोजीमा लाग्ने छौं।’ 

- न्युज कारखाना

प्रकाशित: Oct 24, 2021| 09:55 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।