मंगलबार, असार ३०, २०८३

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- भारतीय बजारमा तस्करी गर्न तयार अवस्थामा अवैध घरायसी सामग्री प्रहरीले १३ असारमा सीमानजिकको मुखियापट्टी मुसहरनीया गाउँपालिकाबाट बरामद गर्‍यो । 

मुखियापट्टी मुसहरनीया गाउँपालिकाको एक घरमा भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले १३ बोरा मरिच र दुई कार्टुन चुरोट नियन्त्रणमा लियो । मुखियापट्टी–६ स्थित रामसागर यादवको घरमा कोठा भाडा लिई एक व्यापारीले ती सामग्री भण्डारण गरेका थिए । 

प्रहरीले १२ असारमा पनि भारततर्फ लैजाँदै गरेको अवस्थामा डेढ सय कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएको थियो । घर यादवको भए पनि नियन्त्रणमा लिइएका सामान अन्य व्यापारीको रहेको र खोजतलास भइरहेको धनुषाका डीएसपी दीपेन्द्र शाही बताउँछन् । 

स्थानीय बासिन्दाहरू भने ती सामान नगराइन नगरपालिका फुलगामाका एक व्यापारीको रहेको दाबी गर्छन् । बिल तथा कुनै कागजात नरहेका ती सामान प्रहरीले जनकपुर भन्सारमा बुझाएको छ । 
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका साथै नेपाल प्रहरी तैनाथ रहँदासमेत तस्करी हुन थालेपछि सुरक्षाकर्मीको मिलेमतो रहेको शंका स्थानीय बासिन्दाको छ । प्रहरीसँग लाइन नमिलेको अवस्थामा मात्रै सामानहरू बरामद हुने गरेको केही व्यापारीको दाबी छ । खुला सीमाका कारण पनि तस्करीमा संलग्नहरूलाई सहज भएको प्रहरीको भनाइ छ ।



डीएसपी शाही भने तस्करी फस्टाउन नदिन प्रयासरत रहेको दाबी गर्छन् । उनका अनुसार भारतीय सीमासँग जोडिएका धनुषाका मुखियापट्टी मुसहरनीया, खजुरी, महुवा, इटहर्वा, फुलगामा, महिनाथपुरलगायत विन्दुबाट सबैभन्दा बढी तस्करी हुने गरेको छ । सीमित जनशक्ति र लामो सीमाका कारण तस्करी नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा भन्सार कार्यालयले ४६ लाख रुपैयाँबराबरका सामान नियन्त्रणमा लिएको थियो । चालु आवको हालसम्म एक करोड रुपैयाँबराबरका सामान नियन्त्रणमा लिएको छ । 

यस्तै, सशस्त्र प्रहरीले गत आवमा ३२ लाख र चालु आवमा २९ लाख रुपैयाँबराबरको सामान नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीले गत वर्ष २९ लाख र चालु आवमा एक करोड रुपैयाँबराबरका सामान नियन्त्रणमा लिइसकेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।