मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेश मनाउने ओली मिसन : कम्युनिस्ट र मधेशवादी एकै मञ्चमा

मधेश मनाउने ओली मिसन : कम्युनिस्ट र मधेशवादी एकै मञ्चमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मधेशकेन्द्रित दलका नेताहरू एकै मञ्चमा देखिएने भएका छन् । दुई वर्ष अघिसम्म एक अर्काको नामसमेत सुन्न नसक्ने अवस्थामा रहेका तत्कालीन एमाले अध्यक्ष ओली र मधेसकेन्द्रित दलका नेताहरू आइतबार जनकपुरमा आयोजना हुने कार्यक्रममा एकै मञ्चमा देखिने भएका छन् । 

संघीय सरकारको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारले एकअर्काको दुश्मनझैं व्यवहार गर्दै आएका मधेशकेन्द्रित दलका नेता र तत्कालीन एमालेका नेताहरूलाई एक मञ्चमा ल्याउने वातावरण मिलाएको हो । 

संघीय मामिला मन्त्रालय र प्रदेश २ सरकारले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ विषयक दुई दिवसीय गोष्ठीको उदघाट्न गर्न प्रधानमन्त्री ओली जनकपुर पुग्दैछन् । उनी मध्यान्ह १२ बजे हेलिकोप्टरमार्फत् जनकपुर उत्रिने कार्यक्रम छ । 

गोष्ठीको प्रमुख वक्ताको रूपमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालाई आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागी हुन नेता नेपाल शनिबारै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा सहभागी हुन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरलाई पनि आमन्त्रण गरिएको मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयालले जानकारी दिए । 

कार्यक्रममा सहभागी हुन राजपा संयोजक ठाकुर शनिबार जनकपुर पुगे पनि फोरम अध्यक्ष गोष्ठीमा सहभागी नहुने फोरम निकट स्रोतले बतायो । राजधानीमा पहिलेदेखि तय कार्यक्रमका कारण उनी जनकपुर पुग्न नसक्ने बताइएको छ । गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता मुख्यमन्त्री लालबाबु राउतले गर्ने छन् भने समापन समारोहको अध्यक्षता प्रदेश २ का सभामुख सरोजकुमार यादवले गर्ने कार्यक्रम छ ।

तत्कालीन एमालेका अध्यक्षसमेत रहेका ओलीको मधेशप्रतिको तिखो टिप्पणीले आम मधेशका बासिन्दा र मधेशकेन्द्रित दलबीचको खाडल बढाएको अवस्थामा मधेश आन्दोलनको केन्द्रविन्दु जनकपुरमा ओली र मधेशवादी दल एकै मञ्चमा उभिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ कार्यक्रमको नाम दिइए पनि गोष्ठीको माध्यमबाट तत्कालीन एमालेप्रतिको मधेशका बासिन्दाको हेराइ परिवर्तन गर्नु प्रमुख ध्येय रहेको जनकपुरवासीको बुझाइ छ ।

दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश २ का सम्पूर्ण स्थानीय तहका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका अध्यक्ष, गैरसरकारी संस्थाका अध्यक्षसहित करिब चार सय ५० जनालाई आमन्त्रण गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।