शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश २ उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

धनुषा- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन्। ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रदेशको भू–बनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वरभूमि भएको प्रष्ट पारेका छन्।

triton college

मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै उनले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले  प्रदेशमा अटोमोबाइल एसेम्बलिङ उद्योग स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरेका हुन्। उनले भने, 'तपाईंहरू उद्योग सञ्चालनको तयारी थाल्नुहोस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ, थप ऐन कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछौं।' 

मुलुकको आर्थिक समृद्धि एव रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद् रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

बिलासिताभन्दा पनि उपयोग वस्तुका रूपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ। लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्यको कुरा रहेको जनाउँदै उनले भने, 'ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने प्रदेशभित्र लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौ।'

Metro Mart
vianet

नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ उद्योगले उत्पादन गरिरहेको जानकारी दिए। सरकारले ल्याएका नीतिले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल्स उद्योग फस्टाउँदै जानेमा उनले विश्वास व्यक्त गरे। नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राखे।

मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तीव्रगतिमा भइरहेको जनाउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए। प्रदेश नम्बर २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताए।

- रासस

प्रकाशित: Oct 23, 2021| 17:48 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।