मंगलबार, असार ३०, २०८३

ओली र प्रचण्ड दस्तावेज : अब हतियार कहिल्यै नउठाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अब कहिल्यै हतियार नउठाउने घोषणा गरेको छ। 

नेकपामा आबद्ध एमाले र माओवादी केन्द्र दुवै सशस्त्र संघर्षको माध्यमबाट राजनीतिमा उदाएका हुन्। एमालेको पृष्ठभूमि ०२८ सालको झापा विद्रोह र माओवादीको १० वर्षे सशस्त्र विद्रोह हुन्। 

तिनै आन्दोलनहरूले अहिले गणतन्त्र स्थापनाका लागि आधार तयार पारेको निष्कर्ष भने नेकपाको छ। पार्टीले तयार गरेको राजनीतिक प्रतिवेदनमा मुलुक समाजवादको चरणमा प्रवेश गरेकाले अब शान्तिपूर्ण  र प्रतिस्पर्धाको राजनीतिबाट अगाडि बढ्ने उल्लेख छ। 

'हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्न चाहन्छौं,' पार्टीको राजनीतिक दस्तावेजमा उल्लेख छ, 'संविधानले समाजवादप्रति प्रतिबद्धता जाहेर गरेको छ, राज्यलाई समाजवादउन्मुख राज्यका रूपमा परिभाषित गरेको छ।' 

संविधानअनुसार राष्ट्रिय सार्वभौमिकता, अखण्डता र जनताको सार्वभौमसत्ताबाहेक सबै विषय आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। 

यस्तै, नेपाल समाजवादको चरणमा प्रवेश गरेको निष्कर्ष पनि निकालेको छ। पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भएसँगै नेपाली समाज आम रूपमा समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेको विश्लेषण नेकपाको दस्तावेजमा छ। 

'नेपाली क्रान्तिको दीर्घकालीन आम रणनीति समाजवादमा रूपान्तरण वा समाजवाद निर्माण गर्नु वा समाजवादी क्रान्ति सम्पन्न गर्नु हो,' दस्तावेजमा उल्लेख छ, 'रणनीतिक लक्ष्य समाजवादको स्थापना हो।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।