मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रपत्रिकामा आज : ईपीजी प्रतिवेदनदेखि डा. केसीको अनसनसम्म

पत्रपत्रिकामा आज : ईपीजी प्रतिवेदनदेखि डा. केसीको अनसनसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–आइतबार राजधानीबाट प्रकाशित दैनिक पत्रपत्रिकाले बेग्लाबेग्लै समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यसमा पनि जुम्लामा पुगेर अनशन थालेका डा गोबिन्द केसीको खबर तथा नेपाल भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनको समाचारलाई प्राथमिकता दिएर छापेका छन् ।
 
कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ईपीजी प्रतिवेदन तयार, मेडिकल कलेजलाई सहजै सम्बन्धन र हिरासतमै डा. केसीको अनशन शीर्षकका समाचार छापेको छ । 

नागरिक दैनिकले तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला, सम्झौता लत्याएर ऐन ल्याउँदै सरकारको खबरलाई पहिलो पृष्ठमा छापेको छ । 

नयाँ पत्रिका दैनिकले ‘डा. केसी जुम्लामा : शान्तिपूर्ण अवज्ञामा’, नेपाल भारत ईपीजीको प्रतिवेदन तयार शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । 

अन्नपूर्ण पोस्टले डा केसीको अनशन प्रहरी निगरानीमा, ईपीजी प्रतिवेदन तयार, प्रदेशमा बेग्लै प्रहरी शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । 

कारोबार दैनिकले जलविद्युतमार्फत समृद्धिको योजनामा वन अवरोध, गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाब, मुलुकभर २० प्रतिशत रोपाईं, कार चढ्ने, कर नतिर्ने ? शीर्षकका समाचारलाई मुख्य पृष्ठमा छापेका छन् । 

त्यस्तै सबैले खेलकुदमा जारी विश्वकपका खबरलाई स्थान दिएका छन् । अर्जेन्टिना विरुद्ध फ्रान्सको जीत तथा पोर्चुगललाई उरुग्वेले प्री क्वाटरफाइनलमा हराएको समाचारले स्थान पाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।