शनिबार, जेठ २, २०८३

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि पनि सुरक्षित

कोरोना भाइरसविरुद्धको फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित भएको दाबी गरिएको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

National life

वाशिङ्टन- कोरोना भाइरसविरुद्धको फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित भएको दाबी गरिएको छ। फाइजरले शुक्रबार आफ्नो खोपको परीक्षण नतिजा सार्वजनिक गर्दै ९०।७ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।

कोरोना भारसको संक्रमणलाई रोक्न प्रभावकारी रहेको बताइएको यो खोपलाई प्रयोगको अनुमित दिने बाटो खुलेको छ। फाइजर र यसको साझेदार बायोएनटेकले शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासनलाई आफ्नो रिपोर्ट बुझाएको थियो।

कम्पनीले खाद्य तथा औषधि प्रशासनले परीक्षण तथ्यांकको अध्ययन गरेर चाँडै नतिजा उपलब्ध गराउने अपेक्षा गरिएको छ। एफडीएको अध्ययनपछि सम्भवतः अर्को सातादेखि बालबालिकाका लागि नयाँ खोप अभियान सुरु गरिने अपेक्षा गरिएको छ।

यो खोपले प्रयोगको अनुमति पाएसँगै अमेरिकाका करिब २८ मिलियन योग्य बालबालिकाले नोभेम्बर पहिलो सातामा पहिलो डोज खोप पाउने बताइएको छ। यसअघि १८ वर्षदेखि माथिका मानिसहरुलाई यो खोप लगाइएको थियो।


प्रकाशित: Oct 23, 2021| 08:30 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्