शनिबार, चैत ७, २०८२

उद्देश्य अनुसार काम गर्न आयोगलाई शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई कसैको दवावमा नपरी आफ्नो उद्देश्य अनुसार अघि बढ्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई कसैको दवावमा नपरी आफ्नो उद्देश्य अनुसार अघि बढ्न निर्देशन दिएका छन्।

National life

शुक्रबार चिकित्सा शिक्षा आयोगमा छलफलको क्रममा आयोगका पदाधिकारीलाई निर्देशन दिदैं शिक्षामन्त्री पौडेलले चिकित्सा शिक्षामा रोकिएका कामलाई अघि बढाउने, भौतिक संरचना तयार गर्न अर्थ मन्त्रालयसंग समन्वय गर्ने, नीतिगत कामलाई टुंगो लगाउने र परीक्षा प्रणालीलाई व्यवस्थित बनाउदै मेडिकल शिक्षा आर्जन गर्न विदेश जानु नपर्ने अवस्था सृजना गर्न पहल गर्ने बताए।

उनले भने, ‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ। कार्ययोजना अनुसार अघि बढ्नुस्। मेडिकल शिक्षा सुधारका लागि काम गरौं। मेडिकल शिक्षाको परीक्षा प्रणाली निष्पक्ष हुनुपर्छ।’ आयोगमा अल्झिएका विषयहरु फुकाउदै आफूले अन्य मन्त्रालयसँग पनि छलफल गरेर काम गर्ने उनको भनाई थियो। 

यसैगरि, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले  आयोगले लिने चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काममा ढिलाई गर्न नहुने बताए। उनले भने, ‘आयोगको बैठकबाट पास भईसकेको सांगठनिक संरचनाको विषयलाई संसोधन गर्न आवश्यक छ। चिकित्सा शिक्षा नियमावली पनि केहि विषय परिमार्जन गर्नुपर्ने छन्। आयोगको कामलाई चुस्त बनाउदै अघि बढ्नुपर्छ।’

आयोगका उपाध्यक्ष डा. कृष्ण गिरीले आयोग चिकित्सा शिक्षा सुधारकालागि केन्द्रित हुने बताए। असहज परिस्थितिमा आएको आयोग भएकाले यसले नियमन र नियन्त्रण गर्नुपर्ने विषय धेरै छन्। उनले भने, ‘आयोग चिकित्सा शिक्षामा सुधारकालागि ल्याइएको हो। चिकित्सा शिक्षाको गुणस्तर सुधारमा काम गर्नुपर्छ।एकिकृत प्रवेश परीक्षामा कम नम्बर ल्याएका विद्यार्थी भर्ना हुन नपाउने व्यवस्था गरिएको छ।

Laxmi sunrise bank
kumari

अहिले विद्यार्थीलाई सबै विश्वविद्यालयको परीक्षा दिनुपर्ने झन्जट सकिएको छ।भौतिक संरचना, जनशक्ती र प्रविधिको प्रयोगको विषय महत्वपूर्ण छ।’ विगतमा थोरै नम्बर ल्याएका विद्यार्थी पनि प्रवेश परीक्षा उत्तिर्ण हुदाँ एउटै गुणस्तर नहुने भएकाले एकीकृत प्रवेश परीक्षाले गुणस्तर सुधारमा सहयोग पुगेको उनको भनाई छ।

प्रकाशित: Oct 22, 2021| 18:44 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्