बुधबार, जेठ २०, २०८३

अध्यादेश ल्याएर भए पनि रेल चाँडै गुडाउँछौँ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर पनि जनकपुरधाम–जयनगर रेल चाँडै ससंचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर पनि जनकपुरधाम–जयनगर रेल चाँडै ससंचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

National life

शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले रेल चाँडै सञ्‍चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्‍चालनमा ल्याउने तयारी रहेको जानकारी दिइन्। 

उनले भनिन्, ‘कानुनी अड्चनका कारण रेल सञ्‍चालनमा ढिलाइ भइरहेको थियो, तर अध्यादेश ल्याएर कानुनी अड्‌चन हटाउने छौँ।’ अगाडि भनिन्, ‘अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेकाले चाँडै नै अध्यादेशमार्फत रेल सञ्‍चालनमा ल्याउने गरी तयारी भइरहेको छ।’ 

एक वर्षदेखि रेलको इन्जन बोगीसहित किनेर थन्किएको छ, तयार पूर्वाधार समेत ठाउँ-ठाउँमा टुटफुट थालेको कारण आगामी विवाह पञ्चमीसम्ममा रेल सञ्‍चालनमा ल्याउन जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ। 

उनीहरुको मागमा मन्त्री यादवले विवाहपञ्‍चमी देखि नै सञ्‍चालन हुने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्‍चालनमा ल्याउने बताइन्। उनले रेल मात्र नभइ सडक सञ्‍जालसहितका पूर्वाधार विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

Shivam cement

प्रकाशित: Oct 22, 2021| 13:50 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।