आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ

बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले त्यसको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, कात्तिक ५, २०७८

vianetvianet

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले त्यसको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ह्वाइटहाउसको टाउनहलमा ताइवानलाई अमेरिकाले रक्षा गर्छ भन्‍ने प्रश्‍नको जवाफमा राष्ट्रपति बाइडेनले भने, 'हो, हामी ताइवानको रक्षा गर्न प्रतिबद्ध छौं।' 

तर, ह्वाइटहाउसका प्रवक्ताले भने चीनप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने बताएको केही अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

ताइवानले पनि चीनप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नगर्ने प्रतिक्रिया दिएको छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई चीनसँगको संघर्षको चिन्ता नभएको बताएका छन्। उनले भने, 'मानिसहरुलाई चीन बढी बलियो हुँदै गइरहेको छ भन्‍ने कुराको पनि चिन्ता लिन जरुरी छैन।' 

National life insurance

राष्ट्रपति बाइडेनले थपे, 'चीन, रुस र बाँकी दुनियाँलाई थाहा छ कि हामीसँग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ। जब ताइवानको रक्षाको कुरा आउँछ, अमेरिकाले रणनीतिक अस्पष्टताको स्थिति राखेको छ।' 

चीनले जानीबुझी ताइवान मामिलामा अस्पष्ट रहेको र स्वतन्त्रता प्रदान गर्न बाध्य भएको उनले बताए।  



प्रकाशित: Oct 22, 2021| 12:46 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।