शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ।

triton college

कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेकामा तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। १७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिइने उनले बताए। बाँकी रिहा भइसकेका छन्।

प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुश्वाहा, पार्टीका सर्लाही जिल्ला सदस्य सञ्जयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, सिरहा जिल्ला सदस्य दुर्योधन यादव, सोही जिल्लाका सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो उर्फ जीवन तयारी,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाउने भएको हो।

यस्तै धनुषा जिल्ला सदस्य धनिकलाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष सञ्जजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डलमाथि मुद्दा चलाउन लागिएको छ। प्रहरीका अनुसार दोषी प्रमाणित भएमा क्षतिपूर्तिसहित १ वर्षदेखि ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।  -न्युज कारखाना 

प्रकाशित: Oct 22, 2021| 11:13 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।