शनिबार, चैत ७, २०८२

सोमबार कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्ने

कोरोनाविरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोरोनाविरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ। गाभीले अनुदानमा उपलब्ध गराउने भनेको एक लाख डोज फाइजर खोप सोमबार आइपुग्ने जनाइएको छ।

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ। खोप भण्डारणका लागि युनिसेफले १०० लिटर  क्षमताको ४ वटा फ्रिज  उपलब्ध गराइसकेको छ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार फाइजरको पहिलोमात्रा कार्तिक २८ देखि मंसिर ३ गतेसम्म चल्ने जनाइएको छ। 

प्रकाशित: Oct 22, 2021| 10:09 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्