मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद

रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ। बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो। बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

बुटवल- रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ। बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो। बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ। 

triton college

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ। यो महिना एक करोड ४४ लाख दुई हजार एक सय १० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार आठ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको छ। प्रहरीका अनुसार बैशाखमा एक करोड चार लाख तीन हजार चार सय १२, जेठमा १२ लाख ७३ हजार आठ सय ८०, असारमा एक करोड पाँच लाख २९ हजार ६ सय ९६, भदौमा ८५ लाख चार हजार दुई सय ८९ र ४ कात्तिकसम्म १९ लाख ९८ हजार एक सय ६० रुपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ।

चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाएको प्रहरी सहायक प्रवक्ता चन्दले बताए। रुपन्देहीका विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजश्वमा समेत असर परेको छ। जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन्। कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको तस्करी बढी मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ। -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 20:40 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।