शनिबार, चैत ७, २०८२

थप ५४५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

पछिल्ला २४ घण्टामा नेपालमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्ला २४ घण्टामा नेपालमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ५४९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७२६ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।  

हालसम्म नेपालमा ९ लाख १ हजार २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ लाख ८४ हजारर ८८१ जना संक्रमणमुक्त भएका छन्। हाल ११  हजार ३१५ सक्रिय कोरोना संक्रमित छन्। 


प्रकाशित: Oct 21, 2021| 16:52 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्