मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा राहत प्याकेज घोषणा गर्ने प्रतिबद्धता

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा राहत प्याकेज घोषणा गर्ने प्रतिबद्धता

मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता जनाएका हुन्।
 |  बिहीबार, कात्तिक ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले अविरल वर्षाका कारण बाढी र पहिरोबाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता जनाएका हुन्। 

triton college

दु:खद घटनामा परि जीवन गुमाएका मृतकका परिवार र अन्‍नवालीमा भएको क्षतिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरी राहत प्रदान गर्ने मुख्यमन्त्री केसीले बताए। 

प्रदेशका किसानहरुको धानबाली उठाउनका लागि सहयोग गर्न समेत केसीले अपिल गरेका छन्। 

जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ एवं शुभेच्छुक संगठन, सामाजिक संघसंस्था, नागरिक समाज, रेडक्रस सोसाइटी, मावनअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थीलगायत सबै जनसमुदायमा सहयोगका लागि सार्वजनिक अपिल समेत विज्ञप्तीमा भनिएको छ। 

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा ३६ हजार ४८० हेक्टरमा पाजा लगाएर काटेको धानमा क्षती पुगेको छ। करिब चार अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको कृषि विकास निर्देशनालयले जनाएको छ। लुम्बिनीमा प्युठान र कपिलबस्तुमा एक-एक जनाको बाढीले बगाएर मृत्यु भएको छ भने दुईजना बेपत्ता छन ।

Metro Mart
vianet

प्रकाशित: Oct 21, 2021| 15:24 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।