रुसमा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्तसँगै सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । अर्को अप्रत्यासित नतिजा ८० बर्ष पछि साविक विजेता तथा ४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणबाटै बाहिरिन पुग्यो ।
सर्वाधिक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रुससहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए । शनिबारबाट नटआउट चरणका खेलहरु सुरु भएका छन् ।
प्रि–क्वाटरफाइनलमा सबैभन्दा प्रतिक्षा गरिएको खेल अर्जेन्टिना र फ्रान्सबीच हुनेछ । तर, विश्वकपमा प्रि–क्वाटरफाइनलका खेल सकिसक्दा सम्म केहि रोचक तथ्यहरु बाहिर आएका छन्।
समूह चरणमा एक मात्र गोलरहित बराबरी
समूह चरणमा फ्रान्स र डेनमार्क बिचको खेल बाहेक कुनैपनि खेल गोलरहित बराबरीमा रोकिएनन्। १९५४ पछि समूह चरणमा सबैभन्दा कम गोलरहित बराबरीमा रोकिएको यो पहिलो पटक हो। त्यतिबेला समूह चरणका दुईवटा खेलहरु गोलरहित बराबरीमा रोकिएका थिए। २००६ को विश्वकपमा ५, २०१० को विश्वकपमा ६ वटा र २०१४ को विश्वकपमा ५ वटा खेलहरु बराबरीमा रोकिएका थिए।
डिफेन्डिङ च्याम्पियन समूहचरणबाटै बाहिरिनु
यस विश्वकपको दाबेदार मानिएको साविकको विजेता जर्मनी समूह चरणबाटै बाहिरिनुले डिफेन्डिङ च्याम्पियन समूहचरणबाटै बाहिरिने टे«ण्डलाई निरन्तरता दिएको छ । किनकी पछिल्ला पाँचमध्ये चारवटा विश्वकपका विजेताहरु अर्को विश्वकपको समूह चरणबाटै बाहिरिएका छन्। २००२ मा फ्रान्स, २०१० मा इटाली, २०१४ मा स्पेन र यस विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएका हुन्।
पेनाल्टीमा रेकर्ड
रसिया विश्वकपको समूह चरणमा भएका १ सय २२ गोल मध्येबाट १८ गोल पेनाल्टी मार्फत भए। १९९८ मा भएका १७ पेनाल्टी गोललाई यस विश्वकपले उछिनेको छ। त्यसबेला जम्मा १ सय ७१ गोल भएका थिए। त्यसअघि १९७८ मा १ सय २ गोलमा १२ गोल पेनाल्टी मार्फत भएको थिए। यस विश्वकपमा बढी पेनाल्टी गोल हुनुको मुख्य कारण भार रह्यो। रेफ्रिले फउल भएको जानकारी लिन भारको सहाएता लिन पुग्दा धेरै पेनाल्टीहरु दिइएका छन्।
आत्मघाती गोलले गोल्डन बुट जित्दै
यस विश्वकपको समूह चरणमा ९ वटा आत्मघाती गोल भइसकेका छन्। मोरोक्कोका अजिज बाउहोड्डोज, अस्ट्रेलियाका अजिज बेहिच, नाइजेरियाका ओगानिकारो इटेबो, पोल्यान्डा थियो क्विनिक, इजिप्टका अहमद फेदी, रसियाका डेनिस चेरिसेभ, मेक्सिकोका इडसन अल्भारेज, स्विट्जरल्याण्डका यन सोमर र ट्युनिसियाका यासिने मारिहले आत्मघाटी गोल गरेका छन्।
यी ९ खेलाडीले आफ्नै पोस्टमा गोल गरेपछि अर्कोको पोस्टमा सर्बाधिक गोल गर्ने ह्यारी केन (५ गोल) पछि परेका छन्। विश्वकपमा गोल्डन बुटको दाबेदारलाई आत्मघाती गोलले पछि पारेको यो पहिलो पटक हो।
अपराजित स्पेन
विश्वकप सुरु हुनुअघि स्पेन, मोरोक्को र बेल्जियम लगातार अपराजित थिए। स्पेनले समूह चरणमा एक जित र दुई बराबरीसँगै आफ्नो अपराजित यात्रा २३ खेलमा पुर्यायो। जुन विश्वकप खेलिरहेको अन्य टोलीभन्दा सबैभन्दा बढी अपराजित रहने कीर्तिमान हो। बेल्जियमले पनि लगातार तीन खेल जित्दै २१ खेलमा आफ्नो अपराजित यात्रा पुर्यायो। इरानसँग पराजित भएसँगै मोरोक्कोको अपराजित यात्रा भने टुंगिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४