बुधबार, पुस ३०, २०८२

यी हुन् विश्वकै अग्ली महिला

टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

बीबीसी

बीबीसी

बिहीबार, कात्तिक ४, २०७८

अंकारा- टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन्। उनको उचाइ ८ फिट २ दशमलब ८ इन्च छ। गिनिज वर्ल्ड कर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो। 

National life

उनी जन्मँदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशाणुगत समस्याबाट पीडित थिइन्। विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ। ‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वर्ल्ड  रेकर्डले एउटा  विज्ञप्तिमा भनेको छ। 

वाकिङ फ्रेमको सहायतामा हिँड्ने रुमसेलले भनिन्, ‘भिन्न हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन। यसले तपाईंलाई अप्रत्यासित सफलता दिन्छ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेतना वृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ।’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन्। 

उनी ह्विलचेयरको सहायतामा मात्र हिँडडुल गर्न सक्छिन्। विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन्। उनको उचाइ ८ फिट २ दशमलब ८ इन्च छ। रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो। सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन्। यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन्।  

प्रकाशित: Oct 21, 2021| 11:19 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।