सोमबार, फागुन १८, २०८२

वीरगंजमा पहिलो पटक 'युवा महिला उद्यमी' सम्मेलन हुँदै

वीरगंजमा पहिलो पटक ‘युवा महिला उद्यमी’ सम्मेलन हुने भएको छ। नेपाली युवा उद्यमी मञ्‍च (एनवाईईएफ) वीरगंजको आयोजनामा कात्तिक ५ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

पर्सा- वीरगंजमा पहिलो पटक ‘युवा महिला उद्यमी’ सम्मेलन हुने भएको छ। नेपाली युवा उद्यमी मञ्‍च (एनवाईईएफ) वीरगंजको आयोजनामा कात्तिक ५ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो।

उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र बन्‍न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको आयोजना गर्न लागिएको नेपाली यूवा उद्यमी मञ्‍च वीरगंजका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए। ‘उद्यम गरिरहेका महिलाले केही सिकुन, उनीहरुलाई थप उत्प्रेरणा भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।’

सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरुको बारेमा दक्ष अनुभवी व्यक्तित्वहरुबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ। सम्मेलनमा बुटिक, मेहन्दी, होम मेड फुड्स लगायत महिला उद्यमीले उत्पादन गरेका विविधि सामाग्रीको १० वटा स्टल राखिने छ। बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी स्टलहरु मार्फत दिईने आयोजकले जनाएको छ।

सम्मेलनमार्फत युवा महिला उद्यमीले सामना गर्नुपर्ने समस्या तथा चुनौतीहरुको बारेमा चर्चा गर्नुको साथै ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने एनवाईइएफ वीरगंजको कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनिषा सुनुवार श्रेष्ठले बताइन्। 

प्रकाशित: Oct 20, 2021| 23:00 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।