शनिबार, चैत ७, २०८२

पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

बुधबार नेपालमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ४२६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- बुधबार नेपालमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ४२६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

National life

मन्त्रालयका अनुसार २४ घण्टामा ७५८जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट  १३ जनाको मृत्यु भएको छ।  बुधबार पुष्टि भएका संक्रमितको दर ७.६ प्रतिशत हो। 

हालसम्म नेपालमा ९ लाख ७४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ८४ हजारर १५५ जना संक्रमणमुक्त भएका छन्। ११ हजार ३१८ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ५६ जिल्लामा २ सय सम्म सक्रिय संक्रमित छन् भने २ सय देखि ५ सयसम्म सक्रिय संक्रमित रहेका जिल्ला १५ वटा र ५०० भन्दा माथि ४ वटा रहेका छन्। 

प्रकाशित: Oct 20, 2021| 16:59 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्