बुधबार, जेठ २०, २०८३

बाढीपीडितलाई राहत दिन एमाले लुम्बिनीको माग

चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

बुटवल- चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ। मनसुन सकिएपछि परेको वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति पुर्‍याएको भन्दै एमालेले प्रदेश सरकारसँग प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन माग गरेको हो।

National life

एमाले प्रदेश संसदीय दलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रदेशसहित अधिकांश स्थानमा वर्षाका कारण आएको बाढी, पहिरो र त्यसले धनजनमा पुर्‍याएको क्षतिको विवरण उपलव्ध गराउन पनि सरकारसँग माग गरेको छ।

एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई सरकारले बेवास्ता गरेकाले किसानले ठूलो क्षति व्यहोर्नु परेको बताए। ‘मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरिसकेपछि गाउँगाउँका किसानलाई यसबारे ध्यानाकर्षण गराउनु पथ्र्यो, त्यसो गर्न सकेको भए काटिसकेको धानबाली जोगिने थियो, संभावित क्षति सरकारले रोक्न सकेन, अव उचित क्षतिपूर्त दिनुपर्छ,’ उनले भने। 

लुम्बिनी प्रदेशका खासगरी तराईका जिल्लामा किसानले ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेको भन्दै चौधरीले पीडामा परेका किसानलाई मलमपट्टी लगाउने काम सरकारको भएको बताए। 

एमाले संसदीय दलले बुटलको मोतीपुरमा हालै भएको घटनाका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। 

Shivam cement

प्रकाशित: Oct 20, 2021| 18:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।