मंगलबार, असार ३०, २०८३

जुम्लामा पक्राउ परे गोविन्द केसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जुम्ला : अनसन बस्न जुम्ला पुगेका डाक्टर गोविन्द केसी पक्राउ परेका छन् । 

केसीले अनसन बस्न खोजेको कर्णाली स्वास्थ् विज्ञान प्रतिष्ठान परिसरमा प्रशासनले रोक लगाएको थियो । 

केसी आफ्ना समर्थकको साथमा जिल्ला प्रशासन अनसन बस्न पुगका थिए । त्यहाँबाट उनलाई पक्राउ गरिएको हो । 

अनसन बस्ने तयारीसहित शनिबार दिउँसो प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई प्रहरीले जुम्लाको टुँडिखेलबाट पछ्याएर अघि बढ्न रोकेको थियो।  

डाक्टर केसी अनसन बस्ने भनिएको ठाउँ प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर क्षेत्रमा अनसन, धर्ना र नाराजुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने जुम्ला प्रशासनले शुक्रबार नै सूचना निकालेर जानकारी गराएको थियो। 
 
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डाक्टर केसी पटक पटक अनसनमा बस्दै आएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।