मंगलबार, असार ३०, २०८३

ग्राण्डीको छतमै पल्टियो हेलिकोप्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा हेलिकोप्टर दुर्घटना भएको छ । 

त्रिभुवन विमानस्थलबाट उपचारका लागि चिकित्सक लिन ग्राण्डी पुगेको हेलिकोप्टरले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हो ।

घटनास्थलमा पुगेका प्रहरी नायव निरीक्षक खेमराज पन्थीका अनुसार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर चालक सकुशल छन् । हेलिकोप्टर हेलिप्याड भएको एक तला मुनि झुण्डिएको अवस्थामा छ । 

दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा सुरक्षाकर्मी परिचालित छन् । हेलिकोप्टरलाई बाहिर निकाल्न प्राविधिकसहितको टोली ग्राण्डी पुग्दैछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।