बुटवल- पाल्पाको रम्भा गाउँपालिकाका जनप्रतिनिधिको डेंगुबाट मृत्यु भएको छ। रम्भा गाउँपालिका वडा नं. १ का सदस्य हुम बहादुर सिंजालीको डेंगुका कारण मृत्यु भएको हो।
गत आइतबारदेखि बिरामी भएका सिंजालीको मंगलबार उपचारको क्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृत्यु भएको गाउँपालिकाले जनाएको छ। गल्याङ, तानसेन हुँदै बुटवल उपचारका लागि पुगेका ५७ वर्षीय सिंजालीको डेंगुका कारण मृत्यु भएको स्थानीय केदार बस्यालले जानकारी दिए।
वडा सदस्यको मृत्यु भएपछि रम्भा गाउँपालिकाले शोक विदा गरेको छ। मंगलबार मृत्यु भएका सिंजालीको अन्तिम संस्कार कालिगण्डकी नदीमा गरिएको छ ।