शनिबार, चैत ७, २०८२

गण्डकीमा ४२ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

गण्डकी प्रदेशमा असोज मसान्तसम्म कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६ लाख नाघेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- गण्डकी प्रदेशमा असोज मसान्तसम्म कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६ लाख नाघेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ८ हजार ८ सय २९ जनाले पूर्ण खोप लगाएका छन्। 

National life

त्यस्तै पहिलो डोजमात्रै लगाउनेको संख्या ७ लाख ८९ हजार २ सय पुगेको छ। गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा  पूर्ण खोपयुक्त भइसकेका छन्। निर्देशनालयले कोभिडविरुद्धको खोप पहिलो मात्रा लगाउने ५१ प्रतिशत र पूर्ण खोप लगाउने ४२ प्रतिशत रहेको जनाएको छ। 

गण्डकीमा सबैभन्दा धेरै कास्कीमा लगाइएको छ। कास्कीमा १ लाख ६९ हजार २७७ ले पहिलो डोज र १ लाख ७७ हजार १२६ ले पूरा डोज लगाएका छन्। कास्कीपछि नवलपरासी पूर्व रहेको छ। नवलपरासी पूर्वमा १ लाख ८ हजार ६३ ले पहिलो मात्रा र ६९ हजार ५९६ जनाले पूरा मात्रा लगाएका छन्। त्यस्तै तनहुँमा  तनहुँमा १ लाख ८ हजार २७६ ले पहिलो मात्रा र ६५ हजार ८१२ ले पूरा मात्रा लगाएका छन्।

गोरखामा ७६ हजार ५२ ले पहिलो डोज लगाए भने ५५ हजार ९२३ ले पूरा मात्रा लगाएका छन् भने लमजुङमा ६९ हजार ७६७ ले पहिलो र ५० हजार ९८५ जनाले पूरा मात्रा खोप लगाएका छन्। 

बागलुङमा ६ हजार २७५ ले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ३५६ ले पूरा मात्रा खोप लगाएका छन्। त्यस्तै म्याग्दीमा ३९ हजार ५३२, पर्वतमा ४४ हजार ४१८, स्याङ्जामा ९३ हजार ३२५, मनाङमा ५ हजार ८८ र मुस्ताङमा ६ ३२७ ले पहिलो मात्रा लगाएका छन्। 

Laxmi sunrise bank
kumari

यस्तै, म्याग्दीका २१ हजार ३३६, पर्वतका ३७ हजार ३८६, स्याङ्जाका ७० हजार ४३६, मनाङका ४ हजार ४७९ र मुस्ताङका ६ हजार ३९४ जनाले पूरा मात्रा कोभिडविरुद्धको खोप लगाएका छन्। बुधबारसम्म गण्डकीमा कोभिडका कारण मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ भने ८६ हजार ७३९ जना संक्रमित भएका छन्।

प्रकाशित: Oct 20, 2021| 14:09 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्