सोमबार, फागुन १८, २०८२

खोलाले जिप बगायो, यात्रुले हामफालेर ज्यान जोगाए

खोलाले जिप बगाउँदा दाङमा पाँच जनाले हामफालेर ज्यान बचाएका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

kumari

बुटवल- खोलाले जिप बगाउँदा दाङमा पाँच जनाले हामफालेर ज्यान बचाएका छन्। पाँच जना यात्रु सवार जिप गढवा गाउँपालिका वडा नं. २ महदेवा स्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाढीले जिप बगाउँदा बगाउँदै यात्रुहरूले हामफालेर ज्यान बचाएकाले मानविय क्षति हुन पाएन ।

मंगलबार राति करिब ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जिप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। बाढीले बगाएको खोलाबाट गाडी निकालिएको उनले बताए।

प्रकाशित: Oct 20, 2021| 10:15 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।