मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माइतीघर घेर्न गएका साझा विवेकशीलका नेता-कार्यकर्ता पक्राउ

माइतीघर घेर्न गएका साझा विवेकशीलका नेता-कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारी घोषणाको विरोध गर्दै विवकशिल साझा पार्टीले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।
 
माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नेक्रममा प्रहरीले विवेकशील साझा पार्टीका नेता कार्यकर्तामाथि धरपकड गरेको हो ।

प्रहरीले पार्टीका संयोजक उज्जवल थापा, अधिवक्ता डा सुरेन्द्र भण्डारी, शशिविक्रम कार्कीलगायत नौ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । सरकारले काठमाडौं उपत्यकाका सात ठाउँबाहेक अन्त सभा, सम्मेलन र प्रदर्शन गर्न नपाइने घोषणा गरेको छ । त्यसको विरोधमा विवेकशील साझाले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, अधिकारकै लागि लड्छु भन्ने अनि आफैं नागरिकको अधिकार खोस्नेलगायत पम्प्लेट बोकेका थिए ।

सरकारले खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद् अगाडि र सिफल चौरमा मात्रै विरोध सभा गर्न दिने निर्णय गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।