मंगलबार, असार ३०, २०८३

अबको तीन दिन भिषण वर्षा हुने, सतर्क रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- देशका विभिन्न भागमा भिषण वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सजग रहन अपिल गरेको छ ।

महाशाखाले शनिबार एक सुचना जारी गर्दै चुरे र मध्यपहाडका तटीय क्षेत्रमा भारी वर्षा हुने भएकाले त्यसक्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन  आग्रह गरेको हो ।

महाशाखाका अनुसार भोली आइतबार कमला, खाडो, गागन, रातु, बागमती, पूर्वि राप्ती, रिउखोला, बाणगङगा, पश्चिम राप्ति, बबई, मोहना, मछेली लगायत चुरे र महाभारतबाट बहने नदीहरू मध्य केहीमा बहाब खतरा तहसम्म पुग्ने अनुमान गरिएको छ ।  

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने महाशाखाले जनाएको छ । 

जारी सूचनामा, ‘तीन दिन देखी सक्रिय मनसुन देशभर फैलिएकाले देशका पूर्व र मध्य र पश्चिम भागको धरै स्थानमा हल्कादेखि मध्ये तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।’

महाशाखाका अनुसार शनिबारबाटै देशका विभिन्न स्थानमा भारी भइरहेको छ । वर्षाको क्रम तीनसम्म रहने महाशाखाले जनाएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।